लण्डनमा एक नेपालीको हत्या

एजेन्सी
२०७७ पुष २९,बुधबार ०८:५७
सांकेतिक तस्वीर

लन्डन । लण्डनमा सामान्य विवादका कारण आइतबार राति एक जना नेपालीको हत्या भएको छ । लन्डनको इस्टकोट रेल्वे स्टेशन अगाडि भएको उक्त घटनामा मृत्यु हुने काठमाण्डौ निवासी करिब ४० वर्षीय विक्रम केसी भएको एनआरएन यूके सदस्य तथा लण्डनमा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएकी सरस्वती केसीले जानकारी दिइन्।

२१ वर्षीय युवकसँगको सामान्य भानाभनका कारण कुटपिट भएपछि केसीको घटनास्थलमै मृत्यु भएको थियो । सोसल ढाबा

नामक रेष्टुरेन्टमा काम गरेर घर फर्किरहेका मृतक केसीको करिब १० बजे राति आफू बस्ने ठाउँभन्दा करिब ३ मिनेटको दुरीमा हत्या भएको हो ।

पाँच मिनेटमा घरआइपुग्छु भनेर श्रीमतीलाई खबर गरेको तर, लामो समयसम्म श्रीमान् घर नआएकोले श्रीमती स्टेशनतिर निस्कदा उनले प्रहरी र एम्बुलेन्स देखिन् । प्रहरीसँग आफ्ना श्रीमान्को बारेमा सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरेका थिए ।’

घटनाको सम्बन्धमा एक २१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको र हाल उनी प्रहरी हिरासतमा छन्।

मृतक केसी श्रीमतीसँग बस्दै आएका थिए भने उनका भाइ बुहारी पनि घटनास्थल आस्पासमै बस्दै आएका छन् ।

मृतकको शवलाई बुधबार परिवारका सदस्यलाई भेट्न दिइने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*