बागमती प्रदेशका सबै स्थानीय तहमा योग पूर्वाधार बनाइने

तु खबर संवाददाता
२०७७ माघ २,शुक्रबार ११:५६
file-photo

काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशका सबै स्थानीय तहका वडाहरुमा योगका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण अघि बढाइएको बताएका छन ।

छैटौँ राष्ट्रिय योग दिवसका अवसरमा राजधानींको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले साँखुमा आयोजना गरेको कार्यक्रममा उनले योगलाई विश्व संस्कृतिको रुपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

“विश्वमा सुख, शान्ति, खुशी र समृद्धि प्राप्त हुने विज्ञान वा दर्शन भनेकै योग भएकाले यसलाई जनस्तरसम्म पु¥याउन सरकारले पहल गरिहेको छ”, मन्त्री फुयाँलले भने ।

बागमती प्रदेशलाई हरित प्रदेश बनाउने अभियानअन्तर्गत प्रत्येक घरमा कम्तीमा दुई वटा रुख रोप्ने अभियानलाई संस्कृतिको रुपमा विकास गरिने उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*