बागमती प्रदेशसभाः प्रचण्ड–माधव समूहका सांसद्हरु सुकुल गुन्द्री ओछ्याएर धर्ना दिने तयारीमा
मकवानपुर । प्रचण्ड– माधव पक्षका प्रदेशसभा सदस्यहरुले आफुहरुले अनुरोध गर्दा गर्दै सभामुख सानुकुमार श्रेष्ठले भोलि ११ बजेभित्रै बैठक आह्वान नगरे प्रदेश सभाको सभाकक्षमा प्रवेश गर्ने मुल ढोकामा धर्ना दिने चेचावनी दिएका
छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविस्वासको प्रस्तावलाई संसद्मा छलफलका लागि तुरुन्तै टेबुल गर्नुपर्ने माग गरेका उनीहरुले सभामुख श्रेष्ठले उपेक्षा गरेमा संसद् कक्षमा प्रवेश गर्ने मुल ढोकामा सुकुल गुन्द्री आछ्याएर धर्ना दिने चेतावनी दिएका हुन् ।
भोलि बस्ने संसद् बैठकका लागि प्रदेशसभा सचिवालयले आज अपराह्न ४ बजेभित्रमा सूचना जारी गर्नुपर्ने प्रावधान रहेको भएपनि सो विषयमा अहिलेसम्म कुनै सूचना सार्वजनिक गरिएको छैन ।
प्रचण्ड– माधव पक्षका प्रदेश सभा सदस्यहरुले भोलि बिहान संसद् कक्षको प्रवेश गर्ने मुल ढोकामा धर्ना दिने कार्यक्रमका लागि तयारी अघि बढाएको बुझिएको छ ।