प्रधानमन्त्रीले संविधानको उपेक्षा गरे – प्रवक्ता कोईराला

तु खबर संवाददाता
२०७७ माघ ८,बिहीबार १९:०१

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले बिहीबार जिल्लाको सबै वडामा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको संसद विघटनको विरोधमा प्रदर्शन गरेको छ ।

यसैविच सरकारले असंवैधानिक तरिकाले संसद् विघटन गरेको भन्दै नेपाली कांग्रेस हेटौंडा वडा न – ४ ले पनि विरोध प्रदर्शन सहित सभाको आयोजना गरेको छ ।

हेटौंडा – ४ नम्बर वडा सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको विरोध सभामा नेपाली कांग्रेस मकवानपुरका प्रवतmा प्रदिप कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले प्रधानमन्त्रीले संविधानको उपेक्षा गरेको बताए । उनले संविधानमा नभएको व्यवस्था उल्लेख गर्दै संसद विघन गरेर ‘कु’ गरेको बताए । संविधान भन्दामाथि कोही नरहेको बताँउदै कोइरालाले प्रधानमन्त्रीले गलत कदम चालेको बताए ।

कार्यक्रममा नगरसभापति आनन्दराम पराजुली, क्षेत्रीय सदस्य शिवराम सुवेदी, क्षेत्रीय सल्लाहाकार राधा कोइराला, पूर्व उपसभापति रमेश गिरी, नेपाल महिला संघ वडा न ४ की सभापति रिना गौतम, अन्जना उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*