गोरखा परिवार दक्षिण कोरियाको सचिवमा नेपाल मनोनित

दक्षिण कोरिया । गोरखा परिवार दक्षिण कोरियाको रिक्त सचिव पदमा बुद्धीप्रसाद नेपाल मनोनित भएका छन् । गोरखा परिवारको अध्यक्ष नवराज गुरुङको अध्यक्षतामा बसेको भर्चुअल बैठकले रिक्त रहेको सचिव पदमा नेपाललाई र कार्यसमितिमा अन्य पदाधिकारीहरुलाई पनि मनोनित गरेको छ ।
कोरोना महामारीको कारण तोकीएको समयमा अधिवेशन गर्न उपयुक्त नभएकोले रिक्त अवस्थामा रहेको पदमा पदाधिकारी मनोनित गरिएको परिवारका अध्यक्ष गुरुङले जानकारी दिए ।
सचिव पदमा मनोनित गरेकोमा आभार प्रकट गर्दै नेपालले सामाजिक सेवा भावले अझै सुदृड र सशक्त भएर दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण जिल्लावासीलाई एकिकृत गर्न डटेल लाग्ने बताए ।
यसअघिको कार्यसमिति यथावत रहने गरी परिवारको उपाध्यक्षमा नवराज भट्टराई र चिन्जिवी पोखरेल, सह–सचिवमा सुमन थापा र सदस्यमा मुकेस सेन्चुरीलाई पनि मनोनित गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
मौजूदा कार्यसमितिको केही पदहरुमा थप पदाधिकारी मनोनित गरी कार्यसमिति विस्तार गरिएको हो ।
परिवारको अध्यक्षमा नवराज गुरुङ, उपाध्यक्षहरुमा रेबिका लामिछाने, नवराज भट्टराई, इश्वरी रेग्मी र चिरन्जिवी पोखरेल, सचिवमा बुद्धिप्रसाद नेपाल, सह–सचिवमा सुमन थापा
,कोषाध्यक्षमा दीपक श्रेस्ठ, सदस्यहरूमा मुकेश सेन्चुरी, लीलू गुरुङ, सविन बराम, भगवान थापा मगर, रामचंद्र गजूरेल र केशर राना मगर विस्तारित कार्यसमितिमा रहेका छन् ।
परिवारका अध्यक्ष गुरुङले दक्षिण कोरियामा कर्मभूमि बनाएर बस्नु भएका सम्पूर्ण गोरखालीहरुलाई गोरखा परिवार दक्षिण कोरियाको साझा मंचमा आवद्ध हुन अपिलसमेत गरेका छन् ।