संसद् विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा देउवासंग कुराकानी गरेको छु – प्रचण्ड

तु खबर संवाददाता
२०७७ फाल्गुन ४,मंगलवार १०:४४
file-photo

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्रै नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायतका दलसंग समन्वय गर्दै संयुक्त आन्दोलनमा जाने तयारी भइरहेको बताएका छन् ।

आज बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको बताए ।

‘आन्दोलन भइराखेको छ। यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ। हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ यसलाई संयुक्त बनाऔं भनेर। रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु। जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ। केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ,’ उनले भने।

संविधानलाई सही मार्गमा ल्याउन आन्दोलन गर्नुपरेको उनले बताए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*