पत्रकार महासंघ मकवानपुरले बनायो ३ सदस्यीय निर्वाचन समिति
मकवानपुर । नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनको लागि जिल्ला शाखा मकवानपुरले ३ सदस्यीय निर्वाचन समिति बनाएको छ ।
शाखाको सोमबार बसेको कार्यसमिति बैठकले निर्वाचन समिति बनाएको हो ।
समितिमा पत्रकार मधु आचार्य, अधिवक्ता ध्रुवप्रसाद चौलागाईँ र ऋषि केबी रहेका छन् ।
यस बर्ष महासंघको केन्द्र, प्रदेश र जिल्लामा एकैसाथ निर्वाचन हुने छ । पत्रकार महासंघको सदस्यता प्राप्त गरेका सबै सदस्यले जिल्लादेखि केन्द्रसम्मका उम्मेदवारलाई मतदान गर्न पाउने छन् ।