मुख्यमन्त्री कार्यालय अगाडि धर्ना !
मकवानपुर । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि वादी समूदायले धर्ना दिएका छन् ।
वादीको समुदाय व्यवस्थित बसोबासको माग गदै उनीहरुले धर्ना दिएका हुन् ।
कालिकोट र दैलेखबाट पैदल हिँडेर वादी समुदायका ४०२ जना नागरिकहरु सोमबार राति ८ बजे मुख्यमन्त्री कार्यालयको गेटमा पुगेका थिए । आफ्ना माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने उनीहरुको अडान छ ।
स्थायी पूर्जासहितको जमिन, बास र रोजगारीको ग्यारेन्टी नहुँदासम्म घर नफर्किने वादी अधिकार संघर्ष समितिले जनाएको छ ।