जिल्ला अदालत मकवानपुरद्वारा ५ वटा मुद्दाको फैसला

तु खबर संवाददाता
२०७७ फाल्गुन २५,मंगलवार ०९:४३

मकवानपुर । जिल्ला अदालत मकवानपुरले आइतबार ५ वटा मुद्दाको फैसला गरेको छ । आइतबारका लागि पेशी तोकिएका २७ वटा मुद्दामध्ये ५ वटा मुद्दाको फैसला भएको हो ।

अदालतले ११ वटा मुद्दाको आदेश जारी गरेको छ भने ११ वटा मुुद्दाको पेशी स्थगित भएको छ।

आइतबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा ९ वटा मुद्दाको पेशी तोकिएकामा ३ वटा मुद्दाको फैसला भएको छ भने ६ वटा मुद्दाको आदेश जारी गरिएको छ ।

न्यायाधीश कमलराज बिष्टको इजलासमा ८ वटा मुद्दाको पेशी तोकिएकोमा २ वटा मुद्दाको फैसला भएको छ। बिष्टको इजलासमा सुनुवाई भएको ५ वटा मुद्दाको आदेश जारी गरेको छ भने एउटा मुद्दाको पेशी स्थगित भएको छ।

न्यायाधीश मनोज श्रेष्ठको इजलासमा ८ वटा मुद्दाको पेशी तोकिएकोमा ८ वटै मुद्दाको पेशी स्थगित भएको थियो भने न्यायाधीश सीता शर्मा आधिकारीको इजलासमा पेशी तोकिएका २ वटा मुद्दाको पनि पेशी स्थगित भएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*