श्रमिक पठाउन कतारसँग जीटुजी सम्झौता भए कडा प्रतिकारमा उत्रने चेतावनी

पत्रपत्रिका
२०७७ फाल्गुन २६,बुधबार ०८:२६
file photo

काठमाडौं । नेपाल वैदेशिक रोजगार सङ्घले कतारमा श्रमिक पठाउने विषयमा सरकारी तहमै श्रमिक आदानप्रदान (जीटुजी) सम्झौता भएमा कडा प्रतिकार गर्ने बताएका छन् । वैदेशिक रोजगार व्यवसायीले वर्षौंदेखि करोडौँ लगानी गरेको क्षेत्रमा सरकारले सरकारी तहमै श्रमिक आदानप्रदानको सम्झौता गरेमा आफूूहरूलाई मान्य नुहुने बताएका छन् ।

सङ्घले मङ्गलबार विज्ञप्तिमार्फत श्रममन्त्री गौरीशङ्कर चौधरीले गएको आइतबार कतारसँग सम्झौताको विषय भनेको भनाइप्रति आपत्ति जनाएको हो ।

सङ्घले सरकारले व्यवसाय गर्ने वातावरण बनाई दिनुपर्नेमा उल्टै आफैँ व्यवसाय गर्न खोज्नु खेदजनक भएको जनाएको छ । सरकारले दक्षिण कोरिया, इजरायललगायतका मुलुकमा श्रमिक पठाउँदा लाखौँ शुल्क लिने तर व्यवसायीलाई शून्य लागतमा श्रमिक पठाउनुपर्छ भन्ने गरेको भन्दै सङ्घले कतारसँग जीटुजी सहमति भएमा सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*