बागमती प्रदेशद्वारा दूधमा आठ करोड अनुदान

तु खबर संवाददाता
२०७७ फाल्गुन २८,शुक्रबार १५:१५
file-photo

मकवानपुर । गत तीन वर्षको अवधिमा बागमती प्रदेश सरकारले करिब आठ करोड रुपैयाँभन्दा बढी रकम किसानलाई अनुदानका रुपमा उपलब्ध गराएको छ ।

बागमती प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका २ सय ४७ वटा दुग्ध उत्पादक सहकारीमार्फत कृषककै खातामा जाने गरी रु आठ करोड ८८ लाख दूध उत्पादनमा अनुदान उपलब्ध गराएको हो ।

प्रदेशमा हालसम्म ३७ वटा चिलिङ सेन्टर स्थापना भएको छ । चिलिङ सेन्टर स्थापनाबाट दैनिक ७२ हजार लिटर दूध चिस्यान भई दूधको गुणस्तरमा वृद्धि भएको तथा उपभोक्तासमक्ष स्वास्थ्यकर दूध उपलब्ध भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*