एमाले विधान संशोधन गर्न कार्यदल गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ । बिहिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले विधान संशोधन गर्न चार सदस्यीय कार्यदल गठन गरेको हो ।
सांसद शेरबहादुर तामाङका अनुसार, बैठकले विशाल भट्टराईको नेतृत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा भट्टराईसहित शेरबहादुर तामाङ, विमला राई पौडेल र अर्का एकजना रहेका छन् ।
साथै उक्त बैठकले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । जसमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि रहेका छन् । आज भएको एमाले संसदीय दलको बैठकमा उपस्थित नभएका वरिष्ठ नेताद्वय नेपाल र खनाललाई पनि बोर्डमा राखिएको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।