प्रधानमन्त्री र मुख्यमन्त्रीविरुद्ध जानेलाई जनताले तह लगाउनेछन्: अध्यक्ष लामा

तु खबर संवाददाता
२०७७ चैत्र ९,सोमबार १६:३३

मकवानपुर । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध जानेहरुलाई जनताले तह लगाउने बताएका छन् ।

सोमबार नेकपा एमाले (ओली पक्ष) को राष्ट्रिय युवा संघ नेपाल मकवानपुरद्वारा हेटौंँडामा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामाले सो कुरा बताएका हुन् ।

सो कार्यक्रममा उनले भने, ‘श्रीमान प्रधानमन्त्री र श्रीमती मुख्यमन्त्रीविरुद्ध जानेहरुलाई जनताले तह लगाउनेछन्।’

यो मुलुकलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि ओलीले मात्रै पार लगाउन सक्ने उनको भनाई छ ।

अध्यक्ष लामाले भारतलाई कम्फटेबल सरकार बनाउनेहरुलार्इ जनताले परास्त गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*