पूर्वराजालाई सुनाउन जो–जो पुगे

पत्रपत्रिका
२०७७ चैत्र १८,बुधबार ०९:०४
file photo

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले एक महिनाभन्दा धेरै पूर्वी नेपाल र सिक्किममा बिताए । संयोग कस्तो भने, उनमा प्रम केपी ओलीप्रतिको विश्वास एकदमै बढिरहेको छ र बस्न पनि ओलीकै जिल्ला झापामा बस्ने गरेका छन् ।

त्यसरी प्रधानमन्त्री केपी ओलीप्रति विश्वस्त हुनुपर्ने आधार र कारणबारे पूर्वराजाले धेरैलाई खुलस्त बताएका छैनन् । तर, हरेक भेटघाटमा भन्ने गरेका छन्, ‘ओलीले केही गर्छन्’ काठमाडौंदेखि पूर्वराजा भेट्न झापा पुगेका ​पूर्वगृह र भूमिसुधार मन्त्री बुद्धिमान तामाङदेखि पाँचथरका युवा नेता सगुनसुन्दर लावती, दमकको मेयरमा पराजित भएर कांग्रेस पसेका राम थापा, कांग्रेसबाट राप्रपातिर लागेका भक्ति सिटौला, शाही अंगरक्षक भरतकेशर सिंहका छोरादेखि अस्मिता भण्डारीसम्मलाई पनि उनले ओलीप्रति विश्वस्त हुन सकिने मनशाय व्यक्त गरेका छन् । तर, त्यसका आधार, कारण वा घटनाक्रमबारे त्यति खुल्न चाहेनन् ।

झापा बस्दा उनले त्यतातिरका प्रायःजसो राजावादी र हिन्दू अभियन्तासँग भेट गरिसकेका छन् । आफ्नो कुरा खासै भन्दैनन्, तर भेट्न गएकाहरूले भन्ने कुरा ध्यानपूर्वक सुन्ने गर्छन् । देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आगन्तुकले राख्ने धारणा सुन्नमा खुब रुचि छ । र, कुराकानीका क्रममा हिन्दु राष्ट्र र राजसंस्था फर्किनेमा विश्वास व्यक्त गर्छन् तर कसरी, कुन माध्यमबाट र कुन प्रक्रियाबाट ती कुरा पूरा हुन्छन् ? न भेट्न जानेले सोध्न सक्छन् न त उनले नै भन्छन् । तर, उनको भनाइबाट बुझिन्छ, आफ्नो बलले हैन, ‘अरु कारण’ ले हिन्दू राज्य फिर्ता हुन्छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*