कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीले पाए सफाई
मकवानपुर । कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी १३ जनालाई उच्च अदालत पाटन हेटौँडा इजलासले आज सफाई दिएको छ ।
न्यायाधीशहरु चण्डिराज ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले आरोपी गोरखा जिल्लाको फुजेल निवासी १३ जनालाई सफाई दिएको छ ।
पिता नन्दप्रसाद अधिकारी र दाजु नुरप्रसाद अधिकारीले कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको भन्दै १३ जना गाउँलेविरुद्ध जिल्ला अदालत चितवनमा कर्तव्य ज्यान मुद्धा दर्ता गराएका थिए ।
चितवन अदालतबाट १३ जनाले नै सफाई पाएपछि सो फैसलाविरुद्ध नन्दप्रसाद र नुरप्रसादले उच्च अदालत पाटन हेटौँडा इजलासमा पुनरावेदन निवेदन दर्ता गराएका थिए ।
कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठमा हत्या भएको थियो । उनलाई अज्ञात व्यक्तिहरुले गोली हानी हत्या गरेका थिए ।
सो मुद्धामा अधिवक्ताहरु रमण श्रेष्ठ, चण्डीराज श्रेष्ठ, दिनमणि पोखरेल, मुक्ति प्रधान र केशव गौतमले बहस गरेका थिए ।