आगामी मंसिरको तेस्रो सातासम्म विद्युतीय बस संचालनमा ल्याउने तयारी भइरहेको छः मन्त्री फुयाल

तु खबर संवाददाता
२०७७ चैत्र ३०,सोमबार १६:१५
file-photo

मकवानपुर । बागमती प्रदेश, भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयालले प्रदेश सरकारले प्रदेशको ७ वटा शहरमा आगामी मंसिरको तेस्रो सातासम्ममा विद्युतीय बस संचानलमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।

मन्त्री फुयालले हेटौँडाबाट काठमाडौं उपत्यका जोड्नेलगायत अन्य ७ वटा शहरमा विद्युतीय बस संचालनको लागि आवश्यक विशेषज्ञहरुसँग परामर्श लिने कार्य पनि भइरहेको जानकराी दिए ।

प्रदेशको विभिन्न जिल्लाको राजमार्गहरुमा भौतिक संरचना तयार गरेकोले वातवरणमैत्री विद्युतीय बस संचालनको लागि प्रदेश सरकारले प्रथम चरणमा ३० वटा बस खरिदको लागि बोलपत्र आह्वान गरिसकिएको स्पष्ट पारे ।

त्रिभुवन राजपथ, काठमाडौं–नौविसे सडकखण्डदेखि चितवनको नारायणगढसम्म नुवाकोट, काभ्रे, सिन्धुली गरी पहिलो चरणमा आगामी कात्तिक मसान्तसम्ममा १५ वटा विद्युत चार्जिङ स्टेशनको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको उनले बताए ।

मन्त्री फुयालले प्रदेशको १३ जिल्लाको ११९ वटा स्थानीय तहमा आगामी २ वर्षभित्र १०० वटा पक्की सडक निर्माण गर्ने कार्यतालिका अनुसार, सडकको डिपिआर तयार गरिनुको साथै बजेट विनियोजित पनि गर्ने र निश्चित समयभित्र सडक निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्ने जानकारी दिए ।

उनले एक प्रश्नको उत्तरमा भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माणको लागि आगामी आव ०७८/०७९ को प्रथम चौमासिकदेखि थप बजेट विनियोजित गरी भौतिक पूर्वाधार निर्माणको लागि असोज मसान्तसम्ममा सुरुङ निर्माणको लागि शिलान्यास गर्ने लक्ष्य अनुसार, सम्बन्धित निकायले आफ्नो कार्यतालिका अघि बढाइसकेको पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*