विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

तु खबर संवाददाता
२०७८ बैशाख ६,सोमबार १८:२६
file-photo

काठमाडौं । सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको हो ।

विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जनाभन्दा बढी सहभागी हुन पाउनेछैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*