हेटौँडाका २ वटा पसललाई १०/१० हजार जरीवाना

तु खबर संवाददाता
२०७८ बैशाख २०,सोमबार १५:१७

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ को न्यू सफल डेरी र श्रीराम सप्लायर्सलाई नगद १०/[१० हजार जरीवाना गरेको छ ।

न्यू सफल डेरीले दूग्धजन्य र बेकरी आइटम मात्रै विक्रि वितरण गर्ने अनुमति लिएकोमा अनुमतिभन्दा बाहेकका सामग्रीहरु विक्रिवितरण गरिरहेको पाइएकोले जरीवाना गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार हेटौँडा ४ कै श्रीराम सप्लायर्स एण्ड स्टोर्सले पनि अनुमति भन्दा बाहेकका सामग्री विक्रिवितरण गर्ने गरेको पाइएपछि जरीवाना गरिएको हो ।
त्यस्तै हेटौँडा ४ कै एनकेबी स्टोर्समा म्याद गुज्रिएका खाद्य सामग्री विक्रिवितरण भइरहेको फेला पारेर बरामद गरिएको जनाइएको छ ।

अनुगमन टोलीमा खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, हेटौँडा उपमहानगरपालिकाको कार्यालयलगायतका प्रतिनिधि र सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*