अन्तराष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द हुने
![](https://www.tukhabar.com/wp-content/uploads/2019/09/japan-udan.jpg)
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपालमा अन्तराष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द गर्ने भएको छ ।
प्राधिकारणले नेपालमा हुने अन्तराष्ट्रिय उडान आगामी जेष्ठ १७ गते अर्थात मे ३१ को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
प्राधिकरणका अनुसार, यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ ।
नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।
प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।