मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने तयारी
मकवानपुर । मकवानपुरमा निषेधाज्ञाको अवधि थप गर्ने तयारी गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जेठ १३ गतेसम्म लागू हुने गरी निषेधाज्ञाको अवधि लम्ब्याउने तयारी गरेको स्रोतले बताएको छ ।
निषेधाज्ञा बैशाख १३ गतेसम्म लम्ब्याउने विषयमा छलफल भई लगभग टुंगिसकेको छ, तर भोलिमात्रै यसबारे आधिकारिक निर्णय गरिने तयारी छ – स्रोतले तु खबरसँग भन्यो ।
मकवानपुरमा बैशाख १९ गते राति १२ बजेदेखि लागू हुने गरी बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।