मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय
मकवानपुर । मकवानपुरमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गरिने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बिहिबार बसेको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
मकवानपुरमा कोरोनाको संक्रमण दर र मृत्यु दरमा बृद्धि भइरहेकोले संक्रमण फैलन नदिन निषेधाज्ञालाई थप प्रभावकारी बनाइने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरमा बैशाख १९ गतेराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो ।