हेटौंडामा ढकालको शव फेला

तु खबर संवाददाता
२०७८ जेष्ठ १२,बुधबार १८:०४
file photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ पशुपतिनगरमा एक व्यक्तिको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

सामुदायीक प्रहरी सेवा केन्द्र पशुपतिनगरको निर्माणाधिनको भवनमा झुन्डिएको अवस्थामा मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर–५ घर भएका २७ वर्षीय आशिष ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार बिहान ८ बजे उक्त भवनको ट्रसको छानोको पाइपमा डोरीको पासो लगाइ झुन्डिरहेको अवस्थामा मृतक ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए ।

मृतक ढकालको शवलाई हेटौंडा अस्पतालको शव गृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*