आज बजेट सार्वजनिक हुँदै
काठमाडौं । आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट आज शनिबार ४ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीबाट अध्ययादेश जारी भएपछि अर्थमन्त्री बिष्णु पौडेलले आगामी आ.वको बजेट सार्वजनिक गर्नेछन् ।
बजेटबारे निर्णय गर्न केही बेरमा मन्त्रीपरिषद्को वैठक बस्दैछ । सो बैठकले बजेट अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्नेछ । बजेट सार्वजनिक समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, योजना आयोगका उपाध्यक्षलगायत उपस्थित हुनेछन् ।
जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरिदिएपछि अध्यादेशमार्फत् बजेट ल्याउनु परेको हो । विज्ञहरुले मतदाता प्रभावित पार्ने गरी बजेट नल्याउन यस अघि नै अग्रह गरिसकेका छन् ।