काठमाडौंका उद्योग मकवानपुरमा सारेमा छुट दिने सरकारको घोषणा
मकवानपुर । सरकारले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका उद्योगहरु मकवानपुरको मयुरधापमा बन्दै गरेको औद्योगिक क्षेत्रमा सारे त्यसका लागि प्रोत्साहन गर्ने नीति ल्याएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले आज बजेट बक्तव्यमार्फत् यस्तो घोषणा गरेका हुन् । काडमाडौं उपत्यकाभित्रका उद्योगलाई मयुरधापमा स्थानान्तरण गरेमा ५ वर्षसम्म विद्युत डिमान्ड शुल्कमा ५ प्रतिशत छुट दिने घोषणा बजेटमा छ ।