प्रतिनिधिसभा विघटनविरुद्ध आज पनि सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको शुक्रबारको भएको सुनुवाइमा बहस नसक्किए पछि आज पनि सुनुवाई हुँदैछ ।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज सुनुवाइ हुन लागेको हो। इजलासले आज हुने बहसमा प्रति रिटमा १० मिनेटसम्म समय दिएर सुनुवाई गर्दैछ ।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्।
शुक्रबार भएको बहसमा अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठको निष्पक्ष भूमिकामाथि प्रश्न उठाएपछि आइतबारसम्मका लागि सुनुवाइ स्थगित भएको थियो ।