बरिष्ठताको आधारमा संवैधानिक इजलासमा को को पर्छन् ?

तु खबर संवाददाता
२०७८ जेष्ठ १८,मंगलवार १८:४६

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलासको पुर्नगठन गर्ने भएका छन् । जबराले हाल तोकिएको संवैधानिक इजलास पुर्नगठन गरेमा को को न्यायाधीश इजलासमा पर्छन् त ?

नेपालको संविधान अनुसार गम्भीर संवैधानिक व्याख्याको विषय गर्न सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुने प्रावधान रहेको छ । सो प्रावधान अनुसार, त्यसमा प्रधानन्यायाधीशसहित बरिष्ठ ४ जना न्यायाधीश रहनेछन् ।

बरिष्ठताको आधारमा इजलास गठन हुँदा प्रधानन्यायाधीश जबरासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ इजलासमा आउनेछन् । गत पुस ५ गते भएको संसद् विघटन मुद्धाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा हरिकृष्ण कार्कीमाथि प्रश्न उठेपछि उनले इजलास छोडेका थिए ।

यसपटक यदी कार्कीले इजलासमा बस्न नमानेमा उनको स्थानमा इश्वरप्रसाद खतिवडा रहनेछन् ।

प्रधानन्यायाधीश जबराले बरिष्ठताको आधारमा इजलास गठन गर्ने बताइसकेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*