सरकारले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने

तु खबर संवाददाता
२०७८ जेष्ठ २१,शुक्रबार १८:३०
file-photo

काठमाडौं । सरकारले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने तयारी गरेको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको दक्षता, क्षमता अभिवृद्धि र परिक्षणका लागि प्रतिष्ठान गठन गर्ने तयारी गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए ।

सञ्चारमन्त्री पार्वत गुरुङले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिकाको लागि अर्थ मन्त्रालयमा पठाइएको उनले बताए ।

आगामी वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गरिने सञ्चार मन्त्री गुरुङले बताए ।

पत्रकारिता क्षेत्रमा प्रवेश गर्नका लागि पनि सरकारी मान्यताको प्रशिक्षण केन्द्र स्थापनाका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०७८ लाई अर्थ मन्त्रालयमा पठाइएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*