बाढी,पहिरो र डुबानमा परी ८ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ असार ३,बिहीबार १८:१३
file-photo

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सिन्धुपाल्चोकमा ४ जना, पाल्पामा १ जना, कास्कीमा १ जना, डोटीमा १ जना र सप्तरीमा १ जना रहेका छन् ।

त्यस्तै, बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ८० जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ८३ जनाको उद्दार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा १३ जना र जाजरकोटमा ७ जना गरी २० जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये १५ जना पुरुष र ५ जना महिला रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

साथै सिन्धुपाल्चोकमा ५ जना, डोटीमा २ जना, कास्कीमा १ जना, स्याङजामा १ जना र म्याग्दीमा ३ जना गरी जम्मा १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

यसैगरी बाढीको कारण १ सय ६५ वटा घर डुबानमा परेका छन् । ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४ सय ९२ वटा पशु चौपायको मृत्यु भएको छ ।

अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएका प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*