रिलायबल नेपालको ६० करोडको आइपीओलाई ट्रिपल बी रेटिङ

तु खबर संवाददाता
२०७८ असार ६,आईतवार १८:१४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोडको आइपीओ ‘केयर एनपी ट्रिपल बी’ रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार कम्पनीले केयर एनपी ट्रिपल बि रेटिङ पाएको हो ।

कम्पनीले ६० करोड रुपैयाँको साधारण शेयर (आइपीओ) निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिन क्रेडिट रेटिङ गराएको हो । ट्रिपल बी रेटिङलाई औषत भन्दा राम्रो मानिन्छ । कम्पनीले बिक्री प्रबन्धकमा रुपमा सिभिल क्यापिटल रहेको छ ।

कम्पनीले असार ४ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाले आइपीओ निष्काशनको विशेष प्रस्ताव समेत पारित गरिसकेको छ । कम्पनीका अनुसार साधारणसभा सम्पन्न भएसँगै नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्काशनको लागि प्रक्रिया अघि बढाउने जानकारी गराएको छ ।

कम्पनीको हालको चुक्तापूँजि १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजि २ अर्ब रुपैयाँ पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*