नेपालमा कोरोनाविरुद्धको खोप परीक्षण गर्ने बाटो खुल्यो

तु खबर संवाददाता
२०७८ असार ८,मंगलवार १६:१०
file-photo

काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन र परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परिक्षण गर्न बाटो खुलेको हो ।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताए ।

अहिले विश्वभरिका जनताले लगाइरहेको खोप पनि परीक्षणमै रहेकोले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणको लागि अनुरोध गर्न सकिने बताए ।

नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ताको सफल परीक्षण भएकोले कोरोना विरुद्धको खोपको परीक्षण पनि फाइदाजनक हुने डा.ज्ञवालीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*