वडाध्यक्ष चौलागाईद्वारा मन्दिरको लागि वासिङ मेसिन सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष अर्जुन प्रसाद चौलागाईले श्री कृष्ण प्रणामी मूल मन्दिर गौरीटारमा बस्ने वृद्धवृद्धाहरुको लागि एक थान लुगा धुने वासिङ मेसिन सहयोग गरेका छन् ।
वडाध्यक्ष चौलागाईले मंगलबार एक कार्यक्रमबीच उक्त वासिङ मेसिन मन्दिरको बाइजुराज महिला समितिलाई हस्तान्तरण गरेका हुन् ।
मन्दिरमा बसेका वृद्धवृद्धाहरुको लागि लुगा धुने वासिङ मेसिन सहयोग गरिएको वडाध्यक्ष चौलागाईको भनाई छ ।
वडा अध्यक्ष चौलागाईले आफ्नो बाचा पुरा गर्दै लुगा धुने वासिङ मेसिन सहयोग गरेको मन्दिर मूल समितिका निवर्तमान अध्यक्ष एवम् सहयोगी मनका अध्यक्ष केदारप्रसाद चौलागाईले बताए ।