थाहा नगरमा विद्युत प्रवाहमा समस्या, समाधानको माग गर्दै माओवादीको ध्यानाकर्षण
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा विद्युत प्रवाहमा समस्या हुँदा स्थानीयहरु समस्यामा परेका छन् ।
उत्तरी क्षेत्रको विद्युत प्रवाह नियमित नहुँदा नगरपालिका क्षेत्रका सरकारी संघ संस्थाका अत्याआवश्यक सेवासहित नागरिकहरुको देनिकीमा समस्या हुँदै आएको छ ।
विगत देखि नै थाहा नगरमा अनियमित रुपमा बिना जानकारी विद्युत सेवा अवरुद्ध हुने र उक्त समस्याका कारण त्यस क्षेत्रको उद्योग, व्यावसाय, कलकारखानाहरुसमेत धारासाही बनेको स्थानीयहरु बताउँछन् ।
विद्युत आपूर्ति सहज नहुँदा त्यस क्षेत्रको जनजीवन कष्ठकर बन्नुको साथै विद्युत अनियमित हुँदा कोरोनाको जोखिममा बिरामीको उपचार र विद्यार्थीहरुको अनलाइन पढाईमा समस्या उत्पन्न भइरहेकोले स्थानीयको गुनासो छ ।
उक्त समस्या समाधानका लागि नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिले नेपाल विद्युत प्राधिकरण पालुङ बितरण केन्द्रलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
माओबादी केन्द्र थाहा नगर अध्यक्ष अरुण रायमाझी लगायतको टोलीले बितरण केन्द्रका प्रमुख बिनोद अधिकारीलाई ध्यानाकर्षण पत्र बुझएको हो ।
ध्यानाकर्षण पत्रमा नेपालकै जलविद्युत श्रोतको मुटु कुलेखानी जलविद्युत आयोजनाको विद्युत उत्पादनको सबैभन्दा मुख्य मुहान क्षेत्रमा विगत लामो समयदेखि विद्युत अनियमित भईरहँदा थाहानगरपालिका, ईन्द्रसरोवर गाँउपालिका, कैलाश गाँउपालिका र भिमफेदी गाँउपालिका प्रत्यक्ष प्रभावित भएको उल्लेख छ ।
त्यस्तै मार्खु सब–स्टेशन तत्काल चालु गर्ने र निर्माणधिन ३३ के.भि. लाईन निर्माणको काम तत्कालबाट शुरु गरि कार्य सम्पन्न गर्ने सुनिश्चित गर्न समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
गत वर्ष मात्र स्थानिय सरोकारवाला र प्राधिकरण बिच तत्काल काम शुरुगर्ने सहमति भएतापनि अझै काम शुरु नहुनु आफैमा प्राधिकरणको वे–वास्ता भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ ‘हाल भईरहेको विद्युत अनियमिततालाई सुधार गरि विद्युत अत्यावश्यक सेवा हो भनेर २४ सै घण्टा नियमित गर्ने वाताबरण सुनिश्चित गर्न ७ दिनको अल्मिेटम सहित यो यानाकर्षण पत्र पेश गरेको छ ।
तोकिएको समयसिमा भित्रमा सरोकारवाला निकायले निर्माण प्रगतिको सुनिश्चितता गरि विद्युत लाईन नियमित हुने वातावरण नगरे चरणबद्ध आन्दोलन गर्न बाध्यहुने समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण पालुङ बितरण केन्द्रका प्रमुख बिनोद अधिकारीले प्राविधिक रुपमा उत्पन्न बिद्युतीय समस्याको समाधान गर्न लागि पर्ने बताए ।