असार १५ गतेः दहि चिउरा खाँदै, धान दिवस मनाइँदै

तु खबर संवाददाता
२०७८ असार १५,मंगलवार ०९:३७
file photo

मकवानपुर । आज असार १५ गते सोमबार देरभर धान दिवस मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि मनाउन थालेको राष्ट्रिय धान दिवस आज परेको हो । धान दिवस वर्षको पहिलो दिन आजबाट नै धान राप्न सुरु गर्ने परम्परा छ ।

यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदैछ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागले जनाएको छ ।

आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*