डी मारिया म्यान अफ द म्याच बने
![](https://www.tukhabar.com/wp-content/uploads/2021/07/dimariya.jpg)
कोपा अमेरिका २०२१ को खेल सकिएको छ । आइतबार बिहान भएको फाइनल खेलमा घरेलु टोली ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि चुमेको छ ।
अर्जेन्टिनाको जितका लागि डी मारियाले १ गोल गरेका थिए । फाइनल खेलमा ब्राजिलविरुद्ध गोल गरेका डी मारिया नै म्यान अफ द म्याच बने ।
च्याम्पियन बनेर ट्रफी उचालेका अर्जेन्टिनाका खेलाडीहरूले विभिन्न उपाधिमा बाजी मारे । कोपा अमेरिका २०२१ को उत्कृष्ट खेलाडी बन्न सफल रहे, अर्जेन्टिनी कप्तान लियोनल मेसी ।
मेसीसँगै ब्राजिलियन स्टार खेलाडी नेइमार पनि उत्कृष्ट खेलाडी बन्न सफल भए । दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले फाइनल खेलको अघिल्लो दिन नै मेसी र नेइमारलाई उत्कृष्ट खेलाडी घोषित गरेको थियो ।
मेसी उत्कृष्ट खेलाडीमात्र बनेनन्, सर्वाधिक गोलकर्ताको उपाधि पनि जिते । ७ खेलमा मेसीले ४ गोल गरे भने ५ असिस्ट गर्न सफल रहे ।