मकवानपुरगढी गाउँपालिकाको बजेट पारित
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याइएको ७२ करोड रुपैयाँ बजेट पारित भएको छ ।
उक्त बजेट मकवानपुरगढी गाउँपालिकाको सातौं गाउँसभामा पारित भएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिए ।
उनका अनुसार, गाउँपालिकाको गत असार १० गते ल्याएको सो बजेटमा सबै भन्दा धेरै सडक निर्माण, पुल निर्माण, खानेपानी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्ष ०७६/०७७ मा ६३ करोड ५४ लाख ५१ हजार रकमसहितको बजेट विनियोजन गरेको थियो ।