एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् ।
संसद पुनस्र्थापना र एमाले सत्ताबाहिर भएसंगै उनले संसदीय दलको बैठक बोलाएका हुन् ।
शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
उनले भोलि बस्ने संसदीय दलको बैठक संसद बैठक बस्नुअघिको नियमित बैठक भएको बताए ।