प्रधानमन्त्री देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दै

तु खबर संवाददाता
२०७८ श्रावण १,शुक्रबार ०८:४१
file-photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटास्थित सरकारी निवास सर्न लागेको उनको सचिवालयले जनाएको छ ।

उनी बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेका हुन् ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् ।

आज साउने संक्रान्तिको दिन पारेर सामान्य पूजापाठ गरेर उनी बालुवाटार सर्न लागेको स्रोतले बताएको छ ।

देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित निजी निवासमा सरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*