नेप्से उच्च अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार

तु खबर संवाददाता
२०७८ श्रावण ३,आईतवार १६:३८

काठमाडौं । आज साताको पहिलो दिन नेप्से उच्च अंकले बृद्धि भएको छ ।

नेपाल स्ट्क एक्सचेन्जका अनुसार, आज नेप्से परिसूचक ९७ दशमलव २१ अंकले बृद्धि भएर २९८०.६१ विन्दुमा कायम भएको हो ।

आज २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९२ दशमलव ६२ रुपैयाँको कारोबार भएको छ ।

आज सर्किट लेभलमा कारोबार भएको छ । जसमा समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी हाइड्रोपावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रोपावर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*