लुम्बिनीमा स्वयंमसेवकलाई खोप लगाउन माग
मकवानपुर । लियो जिल्ला परिषद ३२५ बि २ नेपालले कोभिड–१९ को अग्रपंक्तिमा रहेर कार्य गर्दै आएका लियो स्वयंम–सेवकहरुको लागि कोभिडविरुद्धको खोप लगाउन अनुरोध पत्र पेश गरेको छ।
लियो जिल्ला परिषद ३२५ बि २ नेपालका जिल्ला उपाध्यक्ष लिलामणि न्यौपानेको नेतृत्वमा पूर्व जिल्ला परिषद अध्यक्ष सरोज कंडेल, पूर्व जिल्ला परिषद कोषाध्यक्ष सुदिप बेलबासेलगायतका टोलीले लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश प्रमुख, र रुपन्देहीका विभिन्न स्थानिय निकायको प्रमुखलाई पत्र हस्तान्तरण गरेका हुन् ।
भेटपश्चात लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठद्वारा बुटवलका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी अग्रपंक्तिका लियो स्वयंम सेवकहरुलाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्तसमेत गरेका छन् ।
उनले स्थानीय निकायका प्रमुखको समन्वयमा लायन्स तथा लियो र स्वयंम सेवकहरुलाई पनि प्राथमिकताका साथ खोप उपलब्ध गराउने बताए ।