कांग्रेस नेतृ खनालको पहलमा स्वास्थ्य सामाग्री सहयोग

तु खबर संवाददाता
२०७८ श्रावण १०,आईतवार ०८:३९

मकवानपुर । नेपाली कांग्रेसकी महासमिति सदस्य रिता खनालको पहलमा मकवानपुरको बागमती गाउँपालिकाका ९ वटा स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

बोधिसत्व बिहार काठमाडौं तथा बिहरकी सिनियर एडभाइजर शान्त शर्माको सहयोगमा प्राप्त स्वास्थ्य समाग्रीहरु शुक्रबार वितरण गरिएको हो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको नेतृ खनालले बताईन ।

शुक्रबार भएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानको अध्यक्षता एवम् नेतृ खनालको प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस पूर्व उपसभापति नारायण लम्साल, गिरीजा प्रसाद कोइराला फाउण्डेशन मकवानपुरका प्रदेश ख संयोजक पुर्ण पुडासैनी, क्षेत्रिय सदस्य केदार पुडासैनी, नेपाली कांग्रेस बागमती गाउँपालिक सभापती भक्त राई, पुर्ब सभापती भिम घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।

नेतृ खनालले मकवानपुर जिल्लामा रहेका सबै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकि र अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग गर्ने कार्यक्रम अन्तर्गत शुक्रबार बागमति गाउँपालिकाका स्वास्थ्य चौकिहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जानकारी दिईन ।

उनले यसअघि पनि हेटौंडा अस्पताल, हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १४, १६, १७ र १८ लगाएत बकैया गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकिहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको बताईन ।