प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मंगलबार ‘प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ लाई प्रमाणीकरण गरेका छन् ।
उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभाबाट पारित भई आएको उक्त विधेयक प्रमाणिकरण गरेको प्रदेश प्रमुखको सचिवालले जनाएको छ ।
बागमती प्रदेशसभा सचिवालयबाट प्रमाणीत भई आएको सो विधेयकलाई प्रदेश प्रमुख प्रसाईले संवैधानिक प्रक्रिया पुरा गरी आजै प्रमाणीकरण गरेकोसोकोे जानकारी बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पठाइएको बागमती प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।