कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने

तु खबर संवाददाता
२०७८ श्रावण १२,मंगलवार १७:०४

काठमाडौं । सरकारले ल्याएको कर्मचारी भ्रमण काज छुट्टी कार्यान्वयनमा आउने भएको छ ।

सरकारले चालु आर्थिक २०७८/०७९ को बजेट मार्फत नै घोषणा गरेको १० दिनको कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको हो ।

यसका लागि आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको र अब कार्यान्वयनमा मात्र लैजान बाँकी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ ।

पर्यटन मन्त्रालयका पर्यटन प्रवद्र्धन शाखाका प्रमुख नरहरि घिमिरेका अनुसार, उक्त कार्यक्रम आर्थिक वर्षको शुरु देखिनै लागु गर्ने सरकारी नीति भएपनि आवश्यक नीति तथा कार्यविधि तयार नहुँदा कार्यान्वयनमा केही ढिलाइ हुन गएको हो ।