एसईईको नतिजा साउन २५ गते आउने

तु खबर संवाददाता
२०७८ श्रावण १२,मंगलवार १९:१६
file photo

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउन २५ गते आउने भएको छ ।

आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा प्रकाशन गरिने जनाइएको छ ।

बोर्डले अहिले सबै जिल्लाका विद्यार्थीहरुको नतिजा विवरण प्राप्त गरिसकेको छ । यसअघि साउन मसान्तमा परीक्षा प्रकाशन भनिए पनि त्यो भन्दा नै छिटो गर्ने तयारी भएको बताइएको छ ।

२०७७ सालको एसईई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका छन् ।