मुख्यमन्त्री पौडेलद्वारा हेटौंडा अस्पतालको नयाँ भवन निर्माणको शिलान्यास
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पतालको नयाँ भवन निर्माणको शिलान्यास गरेका छन् ।
मंगलबार एक कार्यक्रमबीच प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको लागनीमा निमार्ण गर्न लागिएको नयाँ भवनको शिलान्यास गरिएको हो ।
भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव सञ्जिव बरालका अनुसार, मन्त्रालयको रु २३ करोड २७ लाखको लागतमा ५ तल्लाको २०० शैय्याको अस्पताल भवन निर्माण गरिने भएको हो ।
उक्त अस्पताल भवन आगामी २ वर्षभित्र निर्माण कार्य सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको मन्त्रालयका सचिव बरालले जानकारी दिए ।
सो आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशका सबै नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्ने र अस्पताललाई आवश्यक पर्ने उपकरण, चिकित्सकहरु उपलब्ध गराउन प्रदेश सरकारले उच्च प्राथमिकता दिइएको बताए ।
उनले हेटौंडा अस्पतालको स्तरोन्नतीको लागि अब प्रदेश सरकारले क्रमशः ५०० शैय्या थप गर्ने लक्ष्यका साथ गृहकार्य अघि बढाएको उल्लेख गरे ।
उनले सर्वसाधारण नागरिकहरुलाई भौतिक पूर्वाधार तथा खानेपानी, विद्युतीकरण, कृषि उत्पादन र बेरोजगारीलाई रोजगार उपलब्ध गराउने कार्यक्रमलाई सरकारले चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकभित्रै कार्यान्वयन गर्ने दृढता व्यक्त गरे ।