सानिमा लाइफको आइपीओमा १९ लाख बढिको आवेदन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा १९ लाख भन्दा बढीको आवेदक परेको छ । उक्त आइपीओ आज तेस्रो दिनमै १९ लाख १८ हजार भन्दाबढीको आवेदक परेको हो ।
धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार, आज तेस्रो दिनमै ५.५५ गुणा बढिले ओभर सब्सक्राइव भएको छ । आज २ करोड ९९ लाख ८३ हजार भन्दा धेरै कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको छ । र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।
उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।
यस आईपीओमा छिटोमा साउन २४ गते बैंकिङ समयसम्म आवेदन गर्न सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।