‘द भ्वाइस अफ नेपाल ३’को उपाधि किरण गजमेरलाई

तु खबर संवाददाता
२०७८ श्रावण २४,आईतवार ०७:४६

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ३ ’ को उपाधि किरण गजमेरले हात पारेका छन् । उनले नगद २५ लाख रुपैयाँसमेत प्राप्त गरेका हुन् ।

उनी प्रमोद खरेलको टिमबाट फाइनलसम्म प्रवेश गरेका थिए ।

यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् ।

यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो ।

एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।