यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनीहरु

तु खबर संवाददाता
२०७८ श्रावण २४,आईतवार १५:५९
file-photo

काठमाडौं । आज साताको पहिलो दिन आइतबार २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच भएको छ । उक्त शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८६ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर कम्पनी रहेको छ । कम्पनीको आज ८१ करोड ९२ लाख २४ हजार ५६० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै अरुण भ्याली हाइड्रोपावरको ६० करोड ७१ लाख, युनिभर्सल पाववर कम्पनीको ५४ करोड ८१ लाख, ङादी गु्रप पावरको ४९ करोड ४७ लाख र बुटवल पावर कम्पनीको ३८ करोड ४९ लाख माथिको कारोबार भएको छ ।