मैलुङ खोलाको आइपीओ भोलि बाँडफाँड हुने

काठमाडौं । मैलुङ खोलाको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । आज प्रि–अलोटमेन्ट सम्पन्न भएसँगै भोलि ९ बजे आइपीओ बाँडफाँड गर्ने निर्णय भएको सिद्धार्थ क्यापिटल लिमिटेड कम्पनीले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले निष्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणका लागि छुट्याएको जनाएको छ ।
कम्पनीको आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।