मकवानपुर तेक्वान्दो कार्य समितिको अध्यक्षमा बज्राचार्य
![](https://www.tukhabar.com/wp-content/uploads/2021/08/tekwanda-makawanpur.jpg)
मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको अध्यक्षमा पुनःलालकाजी रत्न बज्राचार्य चयन भएका छन् ।
शनिबार भएको छैठौँ पुर्नगठन कार्यक्रमले बज्राचार्यको संयोजकत्वमा १८ सदस्यीय समिटी गठन गरेको हो ।
यस्तै, तेक्वान्दो कार्य समितिको प्रथम उपाध्यक्षमा निरु कुमारी मगर, द्वितीय उपाध्यक्षमा ओम कुमार लामा ,सचिवमा बिक्रम लामिछाने, सह—सचिवमा सुरेश ढुंगाना ,कोषाध्यक्षमा रबिन्द्र डंगोल चयन भएका छन् ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष सानु लामा अतिथि रहेको थियो ।