चन्द्र ढकाल धितोपत्र बोर्डको संचालक समितिमा नबस्ने

तु खबर संवाददाता
२०७८ भाद्र ९,बुधबार १६:३३
file-photo

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने भएका छन् ।

ण्कालले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी गारएका हुन् । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बनेका थिए ।

उनले भने, ‘बोर्डमा नबस्ने बारेमा आज मैले महासंघलाई जानकारी दिएको छु । सायद महासंघले बोर्डलाई जानकारी दिइसकेको छ ।’ उनले महासंघको उपाध्यक्ष बस्नु अगाडि गरेको कारोबारको विषयलाई उचालेको भन्दै गुनासो पनि पोखे ।